काठमाण्डु – सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
बुधवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नागरिक उड्ययन प्राधिकरणका पूर्व डीजी सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बुधबार दिउँसो भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक) को ज्यान गएको छ ।




प्रतिक्रिया