दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई १५ महिना जेल सजाय

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई १५ महिना जेल सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय सुनाएको छ ।

उनको कार्यकालमा परेको एक भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित हुन दिइएको आदेश अवज्ञा गरेको अभियोगमा पूर्वराष्ट्रपति जुमालाई न्यायाधीश रेमन्ड जोन्डो नेतृत्वको संबैधानिक इजलासले सजाय सुनाएको हो ।

आफ्नो कार्यकालको अन्त्यतिर सन् २०१८ मा जुमाले भ्रष्टाचारको अभियोगको सामना गर्नुपरेको थियो । नीति निर्माण प्रक्रियामा प्रभावित तुल्याउन व्यापारीहरुले राजनीतिज्ञसँग अनुचित लाभ लिएको आरोप त्यसमाथि उठेको थियो ।

अदालतको आदेशपछि पूर्वराष्ट्रपति जुमा एकपटकमात्र अदालतमा उपस्थित भएका थिए तर, त्यसपछिका आदेशलाई उनले अवज्ञा गरेका थिए ।