काठमाडौं– नेपाल सेन्टर फर सेक्युरिटी गर्भनेन्स र जेनेभा सेन्टर फर सेक्युरिटी सेक्टर गर्भनेन्सको आयोजनामा साउथ एसिया सेक्युरिटी सेक्टर गर्भनेन्स फोरम सम्पन्न भएको छ । धुलिखेलमा तीन दिनसम्म भएको कार्यक्रममा सुरक्षा मामिलाका विज्ञ, सार्क क्षेत्रका ७ वटा देशका प्रतिनिधिले सुरक्षा क्षेत्रको सुधार र विकासको बिषयमा आफ्नो धारणा राख्दै अनुभव र असल अभ्यासबारे जानकारी गराएका थिए ।
सो क्रममा दक्षिण एसिया क्षेत्र र यहांका देश विशेषको सुरक्षा क्षेत्रको साझा चुनौती, अवसर र आवश्यक सुधारबारे परामर्श र छलफल भएको थियो । प्रविधिको विकाससंगै सुरक्षा क्षेत्रमा परिवर्तन हुदै गएको र परम्परागत सुरक्षा चुनौतीहहरु बदलिएर नयां ढंगमा विकसित हुदै गएको धारणा सहभागीहरुले राखेका थिए ।
सहभागीले सुरक्षा क्षेत्रमा बढ्दो चुनौती सामना गर्न थप नवीनतम अवधारणा आवश्यक भएको र यस क्षेत्रका प्रचलित असल अभ्यासको प्रयोग गरी मानवीय सीपको वृद्धि, प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, व्यक्तिगत गोपनियतालाई सम्मान गर्दै र यससम्वन्धि स्पष्ट नीति तथा नागरिक\संसदीय संयन्त्र निर्माण गर्नुपर्ने धारणा राखेका थिए । सहभागीहरुले सुरक्षा क्षेत्रको सञ्चालनमा मानवअधिकार र आधारभुत स्वतन्त्रता तथा राष्ट्रिय र क्षेत्रीय मापदण्ड, मान्यता र सिद्धान्त अंगीकार गर्नुपर्ने विज्ञहरुको धारणा थियो ।




प्रतिक्रिया