एजेन्सी – चीनले साउथ चाइना सी को एक अर्को द्धीपमा सैन्य वेश बनाउन लागेको खुलासा भएको छ । स्कारबोरोध शोअल द्धीपमा चीनले एयर डिफेन्स आइडेंटिफिकेशन जोन बनाउने तयारी गरेको साउथ चाइना मर्निंग पोष्टले जनाएको छ ।
फिलीपीन्सको सीमा जोडिएको उक्त द्धीपमा एयर र नेवल वेश बनाउने तयारी भएको हो । चीन साउथ चाइना सीको सम्पूर्ण क्षेत्र आफ्नो भएको दावी गर्दैै आएको छ ।तर, फिलीपीन्स, कम्वोडिया र भियतनालगायतका देशले पनि त्यसमा आफ्नो दावी गर्दैै आएका छन् ।
चीनले साउथ चाइना सी लाई हवाई रक्षा पहिचान क्षेत्र बनाउन चाहन्छ । त्यसको लागी शोअल द्धीको महत्वपूर्ण भुमिका हुन्छ । अमेरिकाले चिनियां कदमको विरोध गरिसकेको छ । फिलिपिन्स पनि चीनको यो निर्णयकोे विरोध गर्दै आएको छ ।
अमेरिका र फिलिपिन्सवीच सैनिक सम्बन्ध मजवूत हुंदै गइरहेको वेला फेरी यसको चर्चा सुरु भएको हो । २०१२ मा चीनले यसमा कब्जा जमाएको थियो । यो द्धीप जामबलेसवाट १२० नाटिकल माइलको दुरीमा पर्छ । फिलिपिन्स यसको विरुद्धमा अन्र्तराष्ट्रिय अदालत समेत गइसकेको छ । कोर्टले यो द्धीपभन्दा २ सय माइल इलाकामा फिलिपिन्सको आधिकार क्षेत्र हुने बताएको थियो । उसले यसमा कसैले कब्जा गर्न नपाउने फैसला गरेको थियो । यो द्धीप ताइवानले पनि आफ्नो भएको दावी गर्दै आएको छ ।
साउथ चाइना मर्निंग पोष्टले चीनको सेनाले दक्षिण चीन सागरमा एयर डिफेन्स आइडेंटिफिकेशन जोन वनाउने तयारीमा लागेको खुलासा गरेको छ । यो द्धीपभित्र प्रतास,पार्सेल र स्पार्टलाई पनि यसैमा सामेल गराउने तयारीमा वेइजिंग लागेको छ । यसमा ताइवान,भियतनाम र मलेसियासंगको उसको विवाद हुंदै आएको छ ।




प्रतिक्रिया