एजेन्सी – अमेरिका र चीनबीच दक्षिण चीन सागरको विषयलाई लिएर विवाद बढेको छ । चीनले साउथ चाइना सी चीनको क्षेत्र भएको भन्दै यसमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावानी दिंदै आएको छ । तर, अमेरिकाले पछिल्लो समय यसलाई लिएर कडा नीति अघि सारेको छ ।
उसले चीनले दक्षिण चीन सागरमा नौ सैनिक साम्राज्य खडा गर्न खोेजेको आरोप लगाएको छ । साउथ चाइना सीको विषयलाई लिएर अमेरिका मात्र होईन, ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, इण्डानेशिया तथा भियतनामलगायतका देशले यसमा आफ्नो दावी कायम गर्दै आएका छन् । तर चीन भने यो क्षेत्रमा यी सवै देशहरुसंग एक्लै लडिरहेको छ । अमेरिकाले साउथ चाइना सीमा जहाज पठाएसंगै दुवै मुलुकबीच विवादले उग्र रुप लिएको छ ।
दक्षिण चीन सागरको जुन क्षेत्रमा चीनको नजर छ त्यो खनिज तथा उर्जा सम्पदाको भण्डार हो । चीन एक यु सेपको नाइन डैश लाइनको आधारमा यो क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ । यस अन्र्तगत भियतनामको एक्सक्लूसिव इकाेनोमिक जोन,परासल टापु,स्प्रैटली टापु,ब्रुनाई,मलेशिया,इण्डानेशिया,फिलिपिन्स र ताइवानको इकनोमिक जोन समेत पर्ने गर्छ । चीनको यी देशहरुसंग कहिले तेल,कहिले माछाले भरिएको क्षेत्रको नजिक टकराव पर्ने गर्छ ।
अमेरिकाले चीनलाई घेर्नको लागी अनेक गतिविधी गरेपनि चीनले भने त्यसलाई बेवास्ता गर्दै आएको छ । उसले साउथ चाइना सीमा आक्रमण गतिविधी भने जारी राखेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १३ जुलाईमा चीनले यस क्षेत्रमा गरिरहेको दावीलाई गैरकानुनी भएको बताउँदै अन्य मुलुकलाई चीनले धम्काउने अभियान चलाएको आरोप लगाएका थिए । उनले चिनियाँ कम्युनिष्ट पार्टीविरुद्ध समेत लड्ने समय आएको बताएका थिए ।
अमेरिकाले अष्ट्रेलिया,बेलायत,फ्रान्स,जर्मनी र भारतले साउथ चाइना सीमा चीनको गतिविधिलाई लिएर चिन्ता जनाएको बताएको थियो । उसको गतिविधीले क्षेत्रीय स्थिरता तथा अन्र्तराष्ट्रिय कानुन खतरामा रहेको अमेरिकी आरोप छ ।




प्रतिक्रिया