साउथ फिल्मका अभिनेता राम चरणलाई कोरोना संक्रमण


तेलुगू – साउथ फिल्मका अभिनेता राम चरणलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसको संक्रमणमा परेको जानकारी दिएका हुन् ।

रामले ट्विट गर्दै लेखेका छन्, ‘म कोरोना पोजेटिभ भएको छु । तर यसको कुनै लक्षण देखिएन । पोजेटिभ आउने बित्तिकै म होम–क्वारिन्टिनमा बसेको छु । चाँडै स्वस्थ हुने आशा गर्दछु ।’

उनले पछिल्लो केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गराउन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement