दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि दुई सय मत आवश्यक रहेकोमा विपक्षी दलका सबै एक सय ९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै प्रस्तावको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रियसभाका सभामुखले प्रस्ताव अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गरेका छन्। यस अघि सत्तारुढ दलका अरु सांसदले पनि महाभियोगको प्रस्तावमा मतदान गर्ने बताएकामा राष्ट्रपतिले माफी मागेपछि बैठक छाडेका थिए ।

राष्ट्रपति यूनले मार्शल ‘ल’ लागू गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गरेका थिए । मार्शल कानुन लगाएकोमा माफी मागेका राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए ।

महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगे पनि यूनलाई हटाउने प्रयास जारी रहने उनीहरुले बताएका छन् । मङ्गलवार राति राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि उनले महाभियोगको सामना गर्नुपरेको हो ।

मतदानमा प्रस्ताव विफल रहेपछि प्रतिक्रिया दिँदै दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि सुव्यवस्थित र जिम्मेवार उपाय खोज्ने प्रतिक्रिया दिएको छ ।