एजेन्सी– कोरोनाभाइरसले चीनपछि सबैभन्दा पहिला यदी कुनै देशलाई प्रभाव पारेको थियो भने त्यो मुलुक हो दक्षिण कोरिया । यो देशमा हालसम्म ९ हजार भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् भने १३९ मानिसको ज्यान गएको छ ।
यो मुलुकमा कोरोनाको विकराल रुप मार्चको सुरुवातमा देखिएको थियो । तर, यो भयावह रुप हाल देखिदैन । कारण एक महिलाको नेतृत्व भएको टीमको अथक प्रयास र कोरोनालाई हराउने आत्मबल । कोरियाको रोग नियन्त्रण एवं निवारण केन्द्र (सीडीसी) का प्रमुख जंग इयून–केयोंग हुन् । उनकै नेतृत्वमा आज कोरियाले कोरोनामाथि धेरै हदसम्म नियन्त्रण कायम गर्न सफल भएको छ ।
यसै महिना अर्थात ३ मार्चमा एकै दिनमा ८५१ घटना देखिएको थियो । यसैगरी २३ मार्चमा यो घटेर ६४ सम्म कायम भएको थियो । कोरोनासँगको युद्ध जित्नुमा सीडीसी प्रमुख जंगले दिन–रात एक बनाएकि थिइन् । हप्तौसम्म घर गइनन् । उनले बिरलै आराम गरिन् र कोरोना बिरुद्धको लडाई जितेर मात्रै सास फेरिन् ।
विशेष कुरा के छ भने उनले देशलाई लकडाउन नगरेर कोरोनाभाइरसको पछि लागेर यसलाई समाप्त पारिन् । कोरियामा विशेषगरी धार्मिक क्षेत्र संक्रमणको विशेष केन्द्र बनेको थियो । त्याहाँ संलग्न हुने भक्तमा यो भाइरस तीव्र दरमा फैलिएको थियो ।
जंगले यसको साथै अनुबन्ध गरेर सबै २,१२,००० सदस्यको जानकारी प्राप्त गरेर सबैलाई खोजी खोजी जाँच गरिन् र यो महाप्रलयकारी महामारी बिरुद्ध जित हात पारिन् ।




प्रतिक्रिया