दक्षिण कोरियामा १६ वर्षपछि डेमोक्रेटिक पार्टीको बहुमत, ३३ वर्षपछि सबैभन्दा ठूलो सरकार

दक्षिण कोरियामा १६ वर्षपछि डेमोक्रेटिक पार्टीको बहुमत, ३३ वर्षपछि सबैभन्दा ठूलो सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरिया – दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले जित हात पारेको छ । निर्वाचनमा राष्ट्रपति मून जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन सयमध्ये एक सय ६३ सिट जितेको बीबीसीले उल्लेख गरेको छ ।

सत्तारुढ गठबन्धनको अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट जित्ने अनुमान गरिएको छ । यससँगै सत्तारुढ गठबन्धनको राष्ट्रिय सभामा एक सय ८० सिट पुग्न सक्ने बताइएको छ । विपक्षी युनाइटेड फ्युचर पार्टीले भने निर्वाचनमा एक सय तीन सिट जित्ने अनुमान गरिएको छ ।

यससँगै दक्षिण कोरियामा सन् १९८७ को प्रजातान्त्रिक निर्वाचनपछि सबैभन्दा ठूलो बहुमतको सरकार देखिएको हो । साथै १६ वर्षपछि दक्षिण कोरियामा वामपन्थी पार्टीले स्पष्ट बहुमत पाएको हो ।