काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ गोरख बहादुर गण सातौं डफ्फालाई बदली गर्न सेनानी गोपाल सिंह बोहराको नेतृत्वकाे टाेली त्यसतर्फ प्रस्थान गरेको छ ।
श्री चन्दननाथ गण आठौं डफ्फाको अन्तिम फ्लाईटमा सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक संयुक्त राष्ट्र चार्टर्ड उडान, इथियोपियन एयरलाइन्स मार्फत काठमाण्डुबाट मिशन ईलाकातर्फ प्रस्थान गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराईन्छ।




प्रतिक्रिया