२४ जना एसपीको सरुवा, दानबहादुर मल्ललाई एयरपोर्ट ल्याइयाे (नामसहित)

२४ जना एसपीको सरुवा, दानबहादुर मल्ललाई एयरपोर्ट ल्याइयाे (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ ।

सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ । आकर्शक जिल्ला झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ ।

त्यस्तै, कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्काको रौतहटमा सरुबा भएको छ । मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ । चितवनका दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

चितवनका दान बहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ । भने स्याङ्जामा जनर्दन जिसीलाई पठाइएको छ । प्रदेश ट्राफिक कार्यालय बारामा भने श्याम कुमार महतोलाई पठाइएको छ ।