जिम्मेवारी पाएकाे ३ महिनामै सिन्धुलीका प्रहरी प्रमुख हेर्डक्वार्टर तानिए

जिम्मेवारी पाएकाे ३ महिनामै सिन्धुलीका प्रहरी प्रमुख हेर्डक्वार्टर तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुलीका प्रहरी प्रमुख एसपी आभूषण तिम्सिना हेर्डक्वार्टर तानिएका छन् । सिन्धुलीको जिम्मेवारी पाएको तीन महिनाभित्रै एसपी तिम्सिनालाई हेर्डक्वार्टर तानिएको हो ।

प्रहरी प्रधान कार्यालयले उनीविरुद्ध उजुरी परेकाले छानबिनका लागि हेर्डक्वार्टर तानिएको स्रोतले जानकारी दियो । गत पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुख बनाइएको थियो ।

सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । उनी सर्वोच्च अदालत सुरक्षा कार्यालयमा कार्यरत थिए ।

प्रहरी नियमावलीमा एक वर्षसम्म सरुवा गर्न नपाइने उल्लेख छ । तर, विवाद तानिएपछि वा कुनै विषयमा छानबिन गर्नुपर्ने भएमा जुनसुकै बेला हेर्डक्वार्टर तान्न सक्ने व्यवस्था छ ।