‘बलात्कार प्रकरण’ मा एसपी र इन्सपेक्टर निलम्बित


काठमाडौं– इटहरीमा भएको बलात्कार घटनालाई ढाकछोप गरेको आरोपमा एसपी र प्रहरी निरीक्षक निलम्बनमा परेका छन्।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बनका लागि प्रक्रिया अगाडि बढाएको हो।

दुुबै जनालाई निलम्बन गर्न गृहमन्त्रालयलाई सिफारिस गरिएको  प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।

उनका अनुसार सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु गरिएको छ।

१६ पुसमा सन् २०१८ मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी कक्षा १० मा अध्ययनरत १४ वर्षीया बालिका बलात्कृत भएपछि उनले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठले  बलात्कार गरेको बयान दिएकी थिइन् ।

जुकल लिम्बु पक्राउ परेपनि श्रेष्ठ अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement