नेपाल प्रहरीका ६ एसपीहरूको सरुवा


कठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ ।प्रहरी मुख्यालय स्रोतका अनुसार नवलपरासी, बर्दिया, कैलाली, सुनसरी, बागलुङ र दाङमा एसपीहरूको सुरुवा गरिएको हो ।

कैलालीमा अनुपम शम्शेर राणा, बागलुङमा शारदाप्रसाद चौधरी,नवलपरासीमा एसपी अजय केसी,बर्दियामा केदार रजौरे, सुनसरीमा कमल थापा र दाङमा गणेश चन्दलाई सरुवा गरिएको स्रोतले जनाएको छ । त्यस्तै एसपीमा बढुवा भएपछि डिएसपी इन्चार्ज रहेका कार्यालयमा पनि सरुवा गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement