नेपाल प्रहरीका ३६ एसपीको सरुवा, विवादित एसपी रानालाई बांके पठाईयो


काठमाडौं – नेपाल प्रहरीका ३६ जना एसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र गृह नेतृत्वको वीचमा कुरा नमिल्दा एसपीको सरुवा लामो समयदेखी रोकिएको थियो ।

सोमवार सांझ भएको सरुवाअनुसार एसपी ओम राना बांके सरुवा भएका छन् । उनी विवादीत प्रहरी अधिकृत हुन् । उनले दोस्रो पटक जिल्ला इन्चार्जबाट अर्को जिल्ला इन्चार्जमा सरुवाको अवसर पाएका हुन् ।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु,जिवनकुमार श्रेष्ठ पोखरा,अरुण पौडेल तनंहु र सन्तोष खड्काको मोरङमा सरुवा भएको छ ।

 

सरुवाको लिष्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला –

प्रतिक्रिया दिनुहोस
Advertisement