नेपाल प्रहरीका ४८ एसपीको सरुवा को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ४८ एसपीको सरुवा को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएकाे छ । प्रहरी सरुवा समितिको हिजो (शुक्रबार) बसेको बैठकले भदौ महिना देखि नै सम्पुर्ण सेवा पाउने गरी एसपीको सरुवा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ ।