प्रहरीका २० एसपीको पदस्थापन र काज सरुवा (नामसहित)

प्रहरीका २० एसपीको पदस्थापन र काज सरुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको नयाँ पदस्थापन र काज तोकिएको छ ।

गृह मन्त्रालयको सिफारिसमा प्रहरी महानिरीक्षक कार्यालयको २७ साउनको निर्णयअनुसार २० जना एसपीको स्थानान्तरण तथा काज तोकिएको हो ।

यसअघि प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत रहेकाहरूलाई पदोन्नति दिँदै तिनीहरूलाई विभिन्न प्रदेश, कार्यालय तथा विभागहरूमा खटाइएको छ । पदोन्नति तथा स्थानान्तरणको निर्णय २१ साउको मन्त्रिपरिषद्को बैठकबाट पारित भएको थियो ।

अनिलकुमार खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा, बनेपा, काभ्रेपलाञ्चोकमा पदस्थापन गरिएको छ ।

त्यस्तै महेश थापालाई संघीय अपराध अनुसन्धान शाखाबाट सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, दिपेन्द्र पंजियार थारुलाई दुधौली तालिम केन्द्रबाट कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, महेन्द्र नेपाललाई अपराध अनुसन्धान सुपरीवेक्षण शाखाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत र रुपक खड्कालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयबाट विपद व्यवस्थापन कार्यालय, सामाखुशीमा पदस्थापन गरिएको छ ।

त्यस्तै सुनिल मल्ललाई पाल्पाबाट गण्डकी प्रदेश प्रहरी गण, पोखरा, राजन चापागाईंलाई काठमाण्डु उपत्यकाबाट कर्णाली प्रदेश प्रहरी गण, सुर्खेत, सरोज पौडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी गणबाट बर्दिया, हरिहर नाथ योगीलाई धनगढीबाट कञ्चनपुर र केदार खनाललाई उदयपुरबाट जनसम्पर्क शाखा, नक्साल सरुवा गरिएको छ ।