१४ करोड २५ लाख बराबरको स्वास्थ्य सामाग्री लिएर स्पेनबाट आज चार्टड विमान नेपाल पुग्दै

१४ करोड २५ लाख बराबरको स्वास्थ्य सामाग्री लिएर स्पेनबाट आज चार्टड विमान नेपाल पुग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न १४ करोड २५ लाख नेपाली रुपैयां बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल सरकारको आग्रहमा स्पेन सरकारले उक्त सहयोग नेपाल पठाउन लागेको हो । स्पेनका लागी नेपाली राजदूत दावाफुटी शेर्पा र स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेजसहितको टोली स्वास्थ्य सामाग्री लिएर आइबेरिया एअरलाइन्सको चार्टर विमानमा म्याड्रिडबाट आज काठमाडौ अवतरण हुंदैछन ।

स्पेन सरकारले ५ टन भन्दा धेरै विभिन्न अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको नेपाली दुतावास म्याड्रिडले विज्ञप्तीमार्फत जनाएको छ । उक्त सहयोगमा १५ रेस्पिराटोर, १० अक्सिजन क्रन्सेन्ट्रेटर र त्यसका लागि चाहिने अन्य पार्टसहरु, १ लाख ४४ हजार माक्स, १ लाख २५ हजार एन्टिजेन टेस्ट लगायत रहेको राजदूत शेर्पाले बताईन ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोल्जालेजबीच बुधवार टेलिफोन बार्ता भएको थियो । टेलिफोन वार्ताका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद दिएका थिए ।

उक्त विमानमा एनआरएन स्पेनको तर्फबाट पनि पहिलो चरणको स्वास्थ्य सामाग्री नेपाल पठाईएको छ । एनआरएन स्पेनले १७ हजार भन्दा धेरै माक्स, सेनिटाइजर, पन्जा लगायतका सामाग्री हस्तान्तरण गरिएको एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोलेले जानकारी एि ।