काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावाफूजी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच आज चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।
सो कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्चमनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता गरेकी छन् ।
सोअवसरमा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजनाबनाई सहजीकरण गर्ने बताए ।
उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदानप्रदान गर्न आफुले जोड दिने बताउँदै नेपाल अष्ट्रेलियाबीच पर्यटन प्रबद्र्धन गर्न सिधा हवाई सेवाको मूर्त रुपमाकार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताए । साथै न्यूजिल्याण्डमा ‘एभरेष्ट डे’ मनाई सगरमाथा चढ्नेहरुको शिखर सम्मेलन गरी पर्यटन प्रबद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।
सो कार्यक्रममा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, पेय पदार्थको उत्पादनलगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । अध्यक्षश्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताए ।
सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारीक प्रतिनिधीमण्डलको आदानप्रदान, पर्यटन मेला, एफ डी आई आकर्षण, स्पेनका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदानप्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न स्पेनका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफिनिर्यातको लागि स्पेनका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन, नेपाल र बार्सिलोनाबीच सोझै हवाई सम्पर्क राख्नपहलगर्न राजदूत शेर्पाको भूमिका महत्वपूर्ण रहने बताए ।
चेम्बरमा प्राप्त पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा स्पेनसँग ५४,८६,८४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गतवर्ष सन् २०१८ मा८२,७०,००५अमेरिकी डलरबराबर आयातभएको छ भने नेपालबाट स्पेनमा सन् २०१८ मा २७,८३,१५६अमेरिकी डलरबराबर निर्यात भएको छ ।
नेपालले स्पेनतर्फ विशेष गरी तयारी पोशाक, गलैचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयातगर्दै आएको पाइन्छ ।
यसैबीच अष्ट्रेलियाका लागि राजदूत महेश दाहालसँग अध्यक्ष श्रेष्ठले नेपालका विभिन्न प्राकृतिक स्रोत, जडिबुटी, मेडिसिनल प्लान्ट, मिनिर र कृषि उत्पादनहरु अष्ट्रेलियामा निकासीको पर्याप्त संभावना रहेकाले त्यसलाई हामीले पूर्ण सदुपयोग गर्न सहजिकरणको भूमिका निर्वाह गर्न आग्रह गर्दै शिक्षाको क्षेत्रमा अष्ट्रेलियाको लागानी आउनुका साथै उत्पादन, जलस्रोत, पर्यटनमा समेत संभावना रहेको जानकारी दिए ।
सन् २०१८ मा अष्ट्रेलियासँग १,१९,४३,३६३अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट गतवर्ष सन् २०१८ मा७,२१,१४,४०६अमेरिकी डलर बराबर आयात भएको छ । भने नेपालबाट अष्ट्रेलियामा गतवर्ष सन् २०१८ मा६०,२१,०७५अमेरिकी डलरबराबर निर्यात भएको छ ।
सहभागिहरुले स्पेनबाट सहकारीको व्यवस्थापन,प्रविधी, पर्यटन प्रबद्र्धनमाजोड दिनुपर्ने बताए भने अष्ट्रेलियासँग सामुदायिक वन विकास, कृषिविकास, “नेपाल डे”मनाउनुपर्ने, नेपाली रत्नतथा गरहनानिर्यात गर्दा ड्यिुटी ड्र व्याकको सुविधा उपलब्धगर्नुपर्ने, दुतावासमा नेपालीनिर्यात योग्य वस्तु र पर्यटन सम्बन्धी सूचनाको प्रद्र्धशनकक्ष स्थापना गरी अध्यावधिक गर्नुपर्ने, एक नेपाली एक पर्यटक, व्यापारिक, सांस्कृतिक आदानप्रदानको व्यवस्थाग र्नुपर्ने सुझाब दिएकाथिए ।




प्रतिक्रिया