सभामुख अग्नि सापकोटाले गरे आफ्नै खर्चमा आँखाको शल्यक्रिया

सभामुख अग्नि सापकोटाले गरे आफ्नै खर्चमा आँखाको शल्यक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि आँखामा समस्या देखिएका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा आज बिहान वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

चिकित्सकहरूको सल्लाहमा बुधवार शल्यक्रिया गरिएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

शल्यक्रिया पश्चात सभामुख सापकोटा आराम गरिरहेका छन् । सभामुख सापकोटाले आफ्नो उपचारमा लागेको खर्च आँफै व्यहोरेको प्रेस संयोजक न्यौपानेले जानकारी दिए ।