सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सापकोटाले बुधबार विहान साढे ११ बजेका लागी बैठक बोलाएका हुन ।

संसद बैठक भोलि दिउँसो १ बजे  बस्दैछ । सरकारले भोलि नै अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेको छ । संसद बैठकको एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

सभामुख सापकोटाले एमसीसी टेबल गर्न आनाकानी गर्दै आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार टेलिफोन गरेर सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

सभामुखले सोमबार सर्वदलिय बैठकमा दलहरु एमसीसी पारित गर्न सहमत भए आफुले नरोक्ने बताएका थिए ।