काठमाडौं – महिला माथि यौन दुव्र्यबहार गरेको आरोपपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। महराले राजीनामा दिएपछि नयाँ सभामुखको चर्चा सुरु भएको छ।
संविधानको धारा ९१ ९३० मा ‘प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधिसभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नेछन्’ भन्ने उल्लेख छ।
सोही धाराको ९६० मा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त सम्बन्धी व्यवस्था छ।
उक्त व्यवस्था अनुसार प्रतिनिधिसभाको सदस्य नरहेमा, लिखित राजीनामा दिएमा, पदअनुकूल आचरण गररेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ। यो समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।




प्रतिक्रिया