काठमाण्डु – सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेपछि जारी गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।
बैठक सोमबार दिउँसे साँढे दई बजे लोत्से हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार बसेको बैठक पनि एमालेको अवरोधका कारण थगित गरिएको छ । सभामुखले पटक पटक एमालेसँग संवादको प्रयास गरेका थिए ।
एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए । छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।
एमालेले पार्टी विभाजनमा सभामुखको मुख्य भूमिका रहेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ । एमालेले पार्टी विभाजन रोक्न भन्दै माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठाएपनि सभामुखले सूचना नटासेपछि आक्राशित बनेको एमालेले १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न नदिने अडान लिएको छ ।




प्रतिक्रिया