विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टको नाम अनुमोदन

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टको नाम अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयां सदस्यहरूको नाम सिफारिस गरेको थियो ।

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले सदस्यमा उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालाको नाम समेत अनुमोदन गरेको छ ।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।