काठमाण्डु – न्याय परिषद्ले विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्यको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको न्याय परिषद् बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको छ ।
यसअघिका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत सरुवा गर्न सिफारिस गरिएको छ ।




प्रतिक्रिया