पतञ्जलि प्रकरणमा नेपाल प्रमुख सिंहबाट ३५ लाख धरौटी माग्ने आदेश

पतञ्जलि प्रकरणमा नेपाल प्रमुख सिंहबाट ३५ लाख धरौटी माग्ने आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहबाट ३५ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।

पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले धरौटी रकम मागिएको हो ।

पतञ्जलि प्रकरणमा आईतबार विशेष अदालतमा उपस्थित भएका शालिग्रामसँग ३५ लाख रुपैयाँ नै धरौटी मागिएको छ । यसअघि पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि ३५ लाख धरौटी मागिएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सिंहसँग धरौटी माग गरेको छ ।