बूढीगङ्गामा बेपत्ता भएका थापाको खोजीका लागि सशस्त्रको टोली बाजुरा पुग्यो

बूढीगङ्गामा बेपत्ता भएका थापाको खोजीका लागि सशस्त्रको टोली बाजुरा पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका–२ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

बूढीगङ्गा –१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए ।

मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागि परेको छ ।