काठमाण्डु – रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक–भी’ खरिद प्रकृया रोकिएको छ ।
नेपालले खोप उत्पादक देशकै उच्चस्तरीय प्रतिनिधिसँग खरिद गर्ने सहमति गरेको भए पनि मुल्यमा कुरा नमिल्दा औपचारिक सम्झौता हुन सकेको छैन ।
अहिले नेपालले भारतसँग खरिद गरेको मूल्यभन्दा महङ्गो मूल्यको प्रस्ताव आएकाले तत्काल निर्णय नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘रुसी खोप खरिद गर्नका लागि छलफल भएपनि हालसम्म कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ ।
रुसमा निर्मित कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकिएको छ । यता भारतमा बढ्दो कोरोना संक्रमण नियन्त्रणकालागि भारतले पनि ‘स्पुतनिक–भी’ आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।




प्रतिक्रिया