श्रीलंकाका गिर्जाघर र पांचतारे होटलमा विस्फोटन हुंदा २६ जनाको मृत्यु

श्रीलंकाका गिर्जाघर र पांचतारे होटलमा विस्फोटन हुंदा २६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण भएको छ । कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा विस्फोट भएको हो।

प्रारम्भिक जानकारीका अनुसार विस्फोटनमा परेर कम्तीमा २६ जनाको ज्यान भएको छ भने दुई सय जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हताहत हुनेमा विदेशी पर्यटकहरू पनि हुन सक्छन्। आइतवार कोच्चिकाडे, कटुवापिटिया र बट्टिकलोआस्थित गिर्जाघरमा आइतवार बिहान विस्फोटन भएको थियो।

यसअघि नाम उल्लेख नगरिएको एक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले कम्तीमा ८० घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको थियो।इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्।प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था कडा बनाइएकाे छ।