काठमाण्डु – रास्वपाको समानुपातिक बन्दसूचीमा परेकी सिर्जना ओलीले आफ्नो नाम फिर्ता लिएकी छन् ।
सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ओली काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहको टिमबाट रास्वपालमा समानुपातिक बन्दसूचीमा सिफारिसमा परेकी थिइन् ।
ओलीले आफू अहिले नै सक्रिय राजनीतिमा नआउने प्रस्ट पार्दै उम्मेदवारी फिर्ता लिइसकेको जनाएकी छन् ।
लामो समयदेखि देशका विकट क्षेत्रहरूको भ्रमण गरी पर्यटन प्रवर्द्धनमा लागेकी ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् । उनले आफ्नो नाम फिर्ता लिनुको मुख्य कारण पर्यटन क्षेत्रकै काममा केन्द्रित हुनु रहेको बताएकी छन् ।
‘देशका लागि योगदान दिने अवसर ठानेर मैले हतारमा नाइँ भन्न सकिनँ,’ उनले लेखेकी छन्, ‘तर पछि सोच्दा यो निर्णय अलि हतारमा भएछ भन्ने महसुस भयो ।’
योसँगै रास्वपामा समानुपाति सूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ७ पुगेको छ ।




प्रतिक्रिया