श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ । सो संकटको समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन् ।

पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् ।

हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिनुभएको छ । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् ।श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।