श्रीलङ्कामा राजापाक्षे परिवारको राजनीतिक वर्चस्व सकियो

श्रीलङ्कामा राजापाक्षे परिवारको राजनीतिक वर्चस्व सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रीलंकालाई आर्थिक सङ्कटमा पुर्‍याउने को हो भन्दा सोझो उत्तर आउँछ, राजापाक्षे परिवार। अप्रिलसम्म श्रीलंकाको सरकारमा राजापाक्षे परिवारका पाँच सदस्य थिए। जसमा राष्ट्रपति गोटाबाया राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षे, अर्थमन्त्री बसिल राजापाक्षे, सिँचाइमन्त्री चमल राजापाक्षे र खेलकुदमन्त्री नमल राजापाक्षे ।

राजपाक्षले सन् २०१९ मा चुनाव जितेर राष्ट्रपति भएसँगै त्यहाँको सत्ता पूणर् रूपमा राजपाक्षको परिवारको हातमा मात्रै सीमित भयो । गोटाबाया राजपाक्षे परिवारको तेस्रो राजनीतिक पिढी हुन् भने चौथो राजनीतिक पिढी पनि गत अप्रिलसम्म मन्त्री थिए । दाजु महिन्दा गत महिनासम्म प्रधानमन्त्री थिए । उनी २००५-२०१५ सम्म राष्ट्रपति पनि थिए । अन्य दुई बसिलचमल पनि २०१९ यता मन्त्री थिए । महिन्दाका छोरा नमल केही महिनाअघि मन्त्री थिए । 

श्रीलङ्काको संसद्ले गोटाबाया राजापाक्षेले राष्ट्रपतिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । राजापाक्षेले राजीनामा दिएपछि कोलम्बोमा उत्सव मनाइएको छ।  यससँगै श्रीलङ्कामा झन्डै २० वर्ष सत्तामा बसेको एउटा राजनीतिक परिवारको प्रभावको अन्त्य भएको छ।

राजपक्षको राजीनामाले देशमा नयाँ राष्ट्रपति छान्ने प्रक्रिया थाल्न बाटो खुलेको छ । शुक्रवार संसद्का सभामुख महिन्द यप अबेवर्दनले आफूले राजपक्षको राजीनामा स्वीकृत गरेको बताएका छन् । राजीनामा बिहीवार आएको उनले बताए । संसद्ले ३० दिनभित्र नयाँ नेता छान्नुपर्नेछ। विक्रमसिङ्घ पनि राष्ट्रपतिका सम्भावित उम्मेदवार हुन् ।

एक परिवारको राजनीतिक वर्चस्व

कुनै समयमा श्रीलंकाको कुल बजेटको २४ प्रतिशत राजापाक्षे परिवारकै नियन्त्रणमा थियो । राजापाक्षे परिवारका ९ जना सदस्य मन्त्री थिए भने सरकारका मुख्य ३० वटा पदमध्ये ७ वटा पद पनि उनीहरूकै परिवारकै अधीनमा थियो  । देशमा संकट सुरु भए पनि राजापाक्षे परिवारले श्रीलंकामा निकै सुविधाजनक जीवन बिताइरहे ।  

राजापाक्षे परिवार र त्यसमा पनि महिन्दाको भूमिकाको आलोचनाकै फलस्वरूप उनले सन् २०१५ को राष्ट्रपतीय चुनावमा हार व्यहोरेका थिए । तर, उनको परिवारविरुद्ध भएको राजनीतिक एकता धेरै समय टिक्न सकेन र यही परिवार २०१९ को चुनावमा पुनः शक्तिमा आयो । 

राजापाक्षे परिवारमाथि अवैध रूपमा ५ अर्ब ३१ अर्ब डलर अर्थात ४२ हजार करोड रुपैयाँ देश बाहिर लगेको आरोप छ । यो श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर महिन्दा राजापाक्षेका नजिकका सहयोगी अजित निवार्ड काब्रालले खेलेका थिए ।

अबको राष्ट्रपति को ? 

श्रीलङ्काको संविधान अनुसार राष्ट्रपतिले राजीनामा दिएको अवस्थामा प्रधानमन्त्री काम चलाउ राष्ट्रपति बन्छन् । राष्ट्रपति पदका लागि अहिलेसम्म देखा परेकामध्ये दुई प्रमुख सम्भावित उम्मेदवार रनिल विक्रमसिङ्घ र विपक्षी नेता सजित प्रेमदास हुन् ।

सत्तारूढ दलसँग बहुमत भएको हुनाले उसका सांसदहरूले विक्रमसिङ्घलाई समर्थन गर्ने देखिन्छ । विक्रमसिङ्घको राजपक्ष परिवारसँग निकट र सौहार्द सम्बन्ध छ । यद्यपि श्रीलङ्काली जनताले त्यो स्वीकार गर्छन् कि गर्दैनन् भन्ने अर्को विषय हो ।