एसपीबाट एसएसपीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

एसपीबाट एसएसपीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको एसपीबाट एसएसपीमा बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गत कात्तिक गतेको बढुवा समितिको सिफारिसअनुसार मंगलबार ५ जनाको बढुवा भएको थियो ।

बढुवा भएका एसएसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरूले विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।