बढुवा भएका २० जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह

बढुवा भएका २० जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका २० जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसप) लाई आइजीपी वसन्तबहादुर कुँवरले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपी पदमा बढुवा भएका २० जनाले दर्ज्यानी चिन्ह पाएका हुन्।

विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी र दीप शम्शेर जवराले चिन्ह पाएका हुन्।

यस्तै वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि चिन्ह पाएका छन्।

प्राविधिकतर्फका एसएसपी डा।संज्ञा मल्ल, डा।दिवा शर्मा र डा.आषिश दत्तले पनि दर्ज्यानी चिन्ह लगाएका छन्। निर्णयबाट पदोन्नति भएकी एसएसपी गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छिन्।

समारोहमा प्रहरी आइजीपी कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुने अपेक्षा रहेको बताए।