सशस्त्रका तीन एसएसपीले पाए तालिम केन्द्रको कमाण्ड


काठमाडौं– सशस्त्र प्रहरी बलमा एसएसपी सरुवाको तयारी अघि बढेको छ । सशस्त्र प्रहरी मुख्यालयले तीन तालिम केन्द्रका प्रमुखसहित एक दर्जन एसएपीहरुको सरुवाको लागी गृहमन्त्रालयमा आइतवार पत्र पठाएको छ ।

मुख्यालयले एसएपीहरु विदुर खड्कालाई पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय ,कुलबहादुर नेम्वाङ्गलाई ककनीस्थित युएन शान्ति तालिम शिक्षालय र इन्द्रराज कार्कीलाई नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको प्रमुखको जिम्मेवारीका लागी सिफारीस गरेको छ ।

सशस्त्रले डिआईजीको समेत सरुवाको पत्र समेत गृह पठाएको छ । सशस्त्रले एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, चार नम्बरमा राजेन्द्र वस्नेत,उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारीको नाम सिफारीस गरेको छ ।

त्यसैगरी सिमा सुरक्षा विभागमा राजु अर्याल र चन्द्रप्रकाश गौतम र मानवस्रोत तथा प्रशासन विभागमा नारायणदत्त पौडेलको सरुवा सिफारीस भएको छ । गृहमन्त्रालयलयले मंगलवार सरुवा सदर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement