एआइजीपछि भुटानी प्रकरणको अनुसन्धानमा संलग्न एसएसपीहरुको सरुवा हुंदै

एआइजीपछि भुटानी प्रकरणको अनुसन्धानमा संलग्न एसएसपीहरुको सरुवा हुंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले साढे चार महिनामै पांच जना एआइजीको सरुवा गरेपछि अव एसएसपीहरुको सरुवा गर्ने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने उपत्यका प्रहरी कार्यालयका प्रमुख श्यामलाल ज्ञवालीसहित सरकारले पांच एआइजीको शुक्रबार सरुवा गरेको थियो ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुरुदेखि नै ज्ञवालीलाई सरुवा गर्न दबाव थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले उनको सरुवा गर्न आनाकानी गरेका थिए । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवंम् पूर्व गृहमन्त्री बालकृष्ण खांड नै प्रक्राउ परेपछि ज्ञवालीको भूमिकालाई लिएर देउवा असन्तुष्ट थिए ।

सरुवा भएका एआईजीहरुको गत चैत १४ मा बढुवा भएर पदस्थापन गरिएको थियो । एआइजीहरुले पांच महिनामै सरुवा गरेपछि प्रहरी महानिरीक्षक बसन्त कुवंरसंग असन्तुष्टि जनाएका छन् ।

एआईजीको सरुवालगत्तै भुटानी प्रकरणमै मुख्य भुमिका खेलेका काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की,अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र सिआईबीमा कार्यरत दिनेश आचार्यलाई सरुवा गर्ने तयारी छ ।

केसीले चांडै दोस्रो चरणको अनुसन्धान गर्ने अभिव्यक्ति दिएका थिए । दोस्रो चरणको अनुसन्धानमा नेपाली कांग्रेसक नेतृ आरजु राणा र मंन्जु खांड तानिन सक्ने सम्भावनाकाबीच सरकारले प्रहरी अधिकारीहरुको सरुवा गरेको आकंलन गरिएको छ ।

एसएसपी कार्की, केसीले भुटानी शरणार्थी प्रकरण र आचार्यले सिआईबीमा बसेर ललिता निवास प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भुमिका खेलेका थिए । गृहमन्त्रालयले काठमाण्डौंमा एसएसपी भुपेन्द्र खत्री, अपराध महाशाखामा सोमेन्द्र राठौर र सिआईबीमा सिद्धिविक्रम शाह र ललितपुरमा जिवन श्रेष्ठलाई ल्याउने तयारी गरेको छ ।