विप्लव माओवादीको धम्कीपछि एसएसपी राईले भने –कानुनविपरित काम गर्ने कसैलाई पनि छोडिदैन्


काठमाडौं – ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले प्रहरीले कानुनअनुसार मात्र काम गर्ने बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्तामाथी अनावश्यक धरपकड नगर्न निर्देशन दिएपछि उनले प्रहरीले कानुनवमोजिम कार्वाही गरेको बताएका हुन् । राईले यसमा प्रहरीले कानुनभन्दा बाहिर कसैको स्वार्थमा काम नगरेको दावी गरे । उनले कानुनविपरित काम गर्ने कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाकी ललितपुर सेक्रेटरी विदुषीले वक्तव्य जारी गर्दै एसएसपी राईलाई केपी सरकारको मतियारको आरोप लगाउंदै खानतलासी गर्ने,घर घेर्ने, धरपकट तथा शारीरीक यातना दिने काम तुरुन्त रोक्न चेतावनी दिएकी थिईन ।

यसअघि लामो समय विशेष व्युरोमा काम गरेका एसएसपी राईले ललितपुर प्रहरी प्रमुख भएर आएसंगै विप्लव माओवादीको गतिविधीमाथी नजिकवाट निगरानी गर्दै आएको प्रहरीको स्रोतको दावी छ । गत पुष १९ मा विप्लव माओवादीका कार्यकर्ताले ललितपुरको गावालमा वम राखेपछि राईको योजनामै प्रहरीले निगरानी बढाएको थियो ।

पछिल्लो समय सरकारविरोधी आन्दोलनमा समेत विप्लवका कार्यकर्ताहरु सहभागी भएको सुचनाका आधारमा प्रहरीले उनिहरुको गतिविधीमाथी निगरानी गरेको प्रहरी स्रोत बताउंछ । लकडाउनको समयमा समेत उनिहरुले काठमाडौं र ललितपुरका केही ठाउंमा वम राख्ने सुचनाको आधारमा प्रहरी परिचालित भएको थियो ।

‘उहांहरुले आन्दोलनमा सहभागी हुने र त्यसलाई उत्तेजित पार्ने काम गर्न सक्ने सुचना हामीलाई थियो । त्यसैको आधारमा हामीले विप्लवका कार्यकर्ताहरुलाई निगरानी गरेका थियौ ।’ ललितपुर प्रहरीका एक अधिकारीले भने ।

उनिहरुले सरकार विरोधी पर्चा र एमसीसीको विरोधमा विभिन्न ठाउंमा पम्पलेट बनाएर टासेपछि प्रहरी जेठ ३० गते विप्लव समुहका जिल्ला कमिटि सदस्य श्याम भन्ने सानुराज बज्राचार्यलाई पक्राउ गरेको थियो । ललितपुरको वंगलामुखी नजिकै उनले वम राखेका थिए । सेनाको वम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय बनाएको थियो ।

बज्राचार्य हात हतियार तथा बिस्फोटक पदार्थको समेत ओसार पसारमा संलग्न रहेको सुचनाका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

उनको ललितपुरको तापाहिटीमा रहेको घरबाट प्रहरीले कटुवा पेस्तोल र ३ थान विस्फोटक पदार्थ फेला पारेको थियो । त्यसैगरी नेपालटारमा रहेको उनको डेरावाट ठुलो मात्रामा बम,डेटोनेटर र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको थियो । प्रहरीले यसलाई ठुलो सफलताको रुपमा लिएको छ ।

यो पनि पढ्नुहोस्-

ललितपुरका एसएसपीलाई विप्लव समूहको निर्देशनः यातना दिने काम बन्द गर !

प्रहरीले विप्लव माओवादीका कार्यकर्ता सानुराज बज्राचार्यवाट वरामद गरेको सामाग्री-

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement