काठमाण्डु– नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्।
रानाभाटले बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले पारिवारिक कारण देखाएर राजीनामा दिएको सचिवालय स्रोतले जनायो ।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए ।




प्रतिक्रिया