नेपाल प्रहरीका एसएसपीलाई नफापेको दिल्ली दुतावास,जो जान्छन् तिनै असफल


रवि धामी
काठमाण्डौ- संजोग मात्रै पनि हुन सक्छ तर संजोगलाई मात्रै उनिहरु मान्न तयार छैनन । ठूलै सोर्स फोर्स लगाएर नेपाल प्रहरीका एसएसपी त्यो ठाउ जान चाहान्थे , नेपालमा बढ्दो भारतिय प्रभाव त्यहि प्रभावमा बसेर सरुवा तथा बढुवामा खेल्ने अवसर पनि थियो प्रहरी अधिकृतहरुलाई, तर अब त्यो अवस्था अब रहेन । प्रसंग हो भारतको नयां दिल्ली स्थिीत नेपाली दुतावासमा रहेको कन्सुलर को । नेपाल प्रहरीका एसएसपी त्यहां कन्सुलर रहन्छन तर दुई महिना भन्दाबढी भयो त्यो पदमा जान धेरै जसो एसएसपी हच्किचाएका छन अहिले त्यो पद पनि खाली नै छ । 

 

कारण हो अशुभ परिणामको । जो गयो त्यहि  असफल, त्यसैले होला कुनै सयम निकै आक्रर्षक मानिने दिल्ली दुतावासको कन्सुलर पछिल्लो सयम अभिसाप बन्ने ठानेर कुनै एसएसपी त्यहां जान हिच्किच्याउन थालेका छन ।

दिल्ली दुतावासमा एसएसपी कन्सुलर रखिएको दश वर्ष भन्दा धेरैसयम बितिेको छैन । यो बिचमा पांच जना एसएसपीले त्यहां आफ्नो उपस्थिती जनाई सकेका छन कोही पनि सफल हुन सकेनन । हो त्यहि डरले अहिले प्रहरीका हाकिमहरुलाई सताउन थालेको छ त्यो पनि प्रमुखमा एसएसपीलाई ।

 

दुतावासमा एसएसपीको पहिलो पटक दरबन्दि आएपछि त्यसको  जिम्मेवारीमा गए  एसएसपी मोहन सिलवाल । अरु बेला ठिक त्यहि सयममा सिलवालको परिवार तहस नहस भयो । दोस्रो पटक गए एसएसपी ज्ञानुदोय वैद्य उनि पनि प्रहरी संगठनमा असफल जस्तै भए । संगै ईन्सपेक्टर भएका उपेन्द्रकान्त अर्याल आईजीपी बने उनि एसएसपीबाटै घर फर्के ।  तेस्रो पटक गए एसएसपी घन्श्याम भट्ट उनि अर्धचेत अवस्थामा काठमाण्डौ फर्के अन्त प्रहरी  अस्पत्तालमा उनले देह त्यागे ।

 

चौथोमा एसएसपी राजेन्द्मान श्रेष्ठ गए । चल्ता फिर्ता भविस्यको आईजीपीको दाबेदार मानिएको थियो राजेन्द्रमानलाई तर उनि फर्किदा सद्दे फर्के लगत्तै गम्भिर विरामीमा परेका छन । पछिल्लो करिव एक वर्षदेखि उनको होस छैन ।नेपाल प्रहरी अस्पत्ताल महाराजगञ्जमा छन ।

 

र पांचौ पटक कन्सुलरको रुपमा गएका एसएसपी यादवराज खनालले पनि बांकि चारै जनाको जस्तो नियती बेहोरेका छन । उनको कार्यकाल एक वर्ष बांकि हुदै गर्दा न उनको बढुुवा भयो न पारिवारीक खुख नै  । हाल उनले अवकास पाई सकेका छन ।  खनालले अवकास पाएदेखि दुतावासमा दुई महिना यता कसैलाई पनि पठाइएको छैन । पद रिक्त छ ।

दिल्ली दुतावासमा जान हानथाप गर्ने एसएसपी किन डराए त वहालवाला एक एसएसपी भन्छन दुतावासमा एसएसपकिो वास्तु मिलेन अब त्यहां जान सबै जसो डर्रा रहेका छन । आखिर संजोग मात्रै भएपनि एसएसपीहरुमा यसले त्रास निम्त्याएको छ कसको पालामा हट्ला प्रश्न गम्भिर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement