काठमाडौं । नेपालका वालिवालिकाको शिक्षाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ करोड ४० लाख रुपैयाँ प्रदान सहयोग गरेको छ । कोभिड महामारीबाट प्रभावित वालिवालिकाको शिक्षाका लागि यो रकम प्रदान गरिएको हो ।
कोरोना प्रभाव रोकथाम, नियन्त्रण तथा शिक्षाका क्षेत्रमा काम गर्न बैंकले युनिसेफमार्फत २ लाख डलर उपलब्ध गराएको हो । युनिसेफले जोखिममा परेका वालिवालिकाको लागि आकस्मिक सुरक्षा तथा शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । अफ्रिका तथा नेपाल लगायत अन्य दक्षिण एशियाली देशमा संचालन भईरहेको कार्यक्रमका लागि राहत स्वरुप बैंकले यो रकम प्रदान गरेको हो ।
‘यो सहयोग समुदायका सबैभन्दा प्रभावित बर्गका लागि प्रदान गरिएको हो ।’ स्ट्याण्डर्ड चार्टर्ड बैंकका सिइओ अनिर्भाण घोष दास्तिदारले भने ‘युनिसेफसँगको सहकार्यबाट बैंकले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितीमा सहायता प्रदान गर्न सफल हुने विश्वास छ ।’
प्रभावित बालबालिकालाई टेलिभिजन, रेडियो, अनलाइन तथा मोबाइलको माध्यमबाट दूर शिक्षा प्रदान तथा बाल सुरक्षा तथा कोरोना महामारीका कारण परिवारबाट टाढिएकालाई सहायताका लागि खर्चिने छ ।




प्रतिक्रिया