स्टार अस्पतालमा ‘जीआई’ सेन्टर स्थापना

स्टार अस्पतालमा ‘जीआई’ सेन्टर स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको सानेपास्थित स्टार अस्पतालमा ‘जीआई’ सेन्टर स्थापना भएको छ । अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले पुजा गर्दै अत्याधुनिक प्रविधिसहितको ‘जीआई’ सेन्टरको सुरुवात गरेका हुन् ।

जीआई सेन्टरको स्थापनापछि पेट सम्बन्धि रोगको उपचार गर्न सहज हुने उनले बताए । स्टार अस्पतालले स्तरीय सेवा दिने उनको जिकिर छ । अत्याधुनिक मेशिन मार्फत र उत्कृष्ट विशेषज्ञको टिमबाट सेवा दिन सकियोस भनेर जीआई सेन्टर खोलिएको अध्यक्ष महर्जनले बताए ।

आज दुई जना बिरामीको इन्डोस्कोपी गरेर सेवाको सुरुवात समेत गरिएको छ । सेन्टरको सफ्ट लन्च गरेर आजदेखि नै बिरामीलाई सेवा दिन सुरु गरिएको भए पनि औपचारिक उद्घाटन कार्यक्रम भने केही समयपछि गरिने अस्पतालका सिओओ डा सन्देश जिसीले बताए ।