म पीएसजीमा नै खुसी छु, कृपया धेरै हल्ला नगरिदिनुस् : नेयमार

म पीएसजीमा नै खुसी छु, कृपया धेरै हल्ला नगरिदिनुस् : नेयमार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलियन स्टार खेलाडी नेयमारले आफु अन्य कुनै क्लबमा आवद्ध नहुने बताएका छन् ।

नेयमारले आफु पीएसजीमा नै खुसी रहेको बताउँदै आफ्नो बारेमा धेरै हल्ला नगर्न सबैमा आग्रह गरेका छन् । नेयमारले ओट्रोसँग कुरा गर्दै भनेका छन, ‘म पीएसजी मा नै खुसी छु, कृपया मेरो अवस्थाको बारेमा बुझ्न सबैलाई अनुरोध गर्दछु ।’

नेयमारले विशेषगरि च्याम्पियन लिग जिताउने क्लबको उदेश्यलाई पुरा गर्ने बताए । ‘म क्लबको लागि खेल्ने खेलाडी हो, च्याम्पियन लिग जित्ने हाम्रोे उदेश्यलाई सफल बनाउँन सक्दो प्रयास गर्नेछु’ उनले भनेका छन् ।