खेलाडी आइसके, रंगशाला बन्दै

खेलाडी आइसके, रंगशाला बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन्। पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ।

१३औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ। नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा संरचना निर्माणमै हस्याङफस्याङ गरिरहेका छन्। चिनियाँ प्राविधिकको सहयोगमा अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको छ।