स्टिभ स्मिथले एसेज शृंखलाअन्तर्गतको तेस्रो टेस्ट खेल्न नसक्ने


एजेन्सी – अस्ट्रेलियाका स्टिभ स्मिथ तेस्रो टेस्टबाट बाहिरिएका छन् । लर्ड्समा भएको दोस्रो टेस्टका बेला घाइते भएका उनी तेस्रो टेस्टमा खेल्न नसक्ने भएका छन् ।

एसेज शृंखलाअन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइते भएका थिए । जारी एसेजमा उत्कृष्ट फर्ममा रहेका उनको बहिर्गमनले अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ । हारिसकेको दोस्रो टेस्ट पनि स्मिथका कारण अस्ट्रेलियाले बराबरी गरेको थियो ।

८० रन बनाएर स्मिथ खेलिरहेका बेला आर्चरले फालेको बाउन्सर बलले गर्धनमा लागेको थियो । चोट बढी भएपछि मैदानमा ढलेका स्मिथलाई फिजियोले मैदान बाहिर लगेका थिए । त्यसपछि क्रिजमा आएका उनले थप १२ रन बनाउँदै आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement