काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको केन्द्रले भर्ना अभियान सञ्चालन गर्न लकडाउन पछि विद्यालय खुल्नैपर्ने दोहो¥याएको छ ।
केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले भर्ना अभियान शुरू गर्न शिक्षक विद्यालयमै पुग्नुपर्ने भएकाले तत्काल सम्भव नभएको स्पष्ट पार्नुभएको छ । उहाँले अहिले सबै विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम र पुस्तकबारे जानकारी दिन अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार गरिसकेको जानकारी गराउँदै भन्नुभयो– ‘सोही आधारमा कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’
केन्द्रले कक्षा १–८ सम्मको पाठ्यसामग्री तयार गरी एजुकेसन पोर्टलमा राखिसकेको जनाएको छ । कक्षा ९ र १० को हकमा एफएल र टेलिभिजनमार्फत पठनपाठन गर्न मिल्ने गरी सामग्री तयारी गरिएको केन्द्रको भनाइ छ । केन्द्रका अनुसार सबै पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले तयार गरेको हो । अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सरकारी दाबी रहे तापनि त्यसका लागि पूर्वाधार तयार हुन सकेको छैन ।यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया