ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्युपछि काठमाण्डुस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध सोमबार साँझ काठमाण्डुको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्राबासमा नेपाली छात्रा रुपन्देहीकी प्रकृति लम्सालले आत्महत्या गरेको बताइएको छ ।

लम्साल इन्जिनीयरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर रेलवे स्टेसनमा पुर्‍याएर अलपत्र पारेको छ ।