नख्खुमा एकाबिहानै क्याम्पस हिडेकी युवतीको जीपको ठक्करबाट मृत्यु

नख्खुमा एकाबिहानै क्याम्पस हिडेकी युवतीको जीपको ठक्करबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बुधबार बिहान जिपले ठक्कर दिँदा क्याम्पस जान हिडेकी सन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको हो ।

विहान सवा ५ बजे बाटो काट्दै गरेकी उनलाई सि १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उनलाई उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

उनी कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले जीप र चालक प्रविण गिरीलाई नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्तहरूले राहत र दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन् ।