मोरङमा विद्यार्थीहरूद्वारा प्रदेश योजना आयोगको गाडीमा आगजनी

मोरङमा विद्यार्थीहरूद्वारा प्रदेश योजना आयोगको गाडीमा आगजनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन्। आइतबार बिहान विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका प्रहरीले जनाएको छ ।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।

पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो। उनीहरूले आज बिहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।

निजी स्कुलहरुले मनपरि शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेका विद्यार्थीहरूको समूहले तोडफोड गरेको प्रहरी भनाइ छ

त्यसक्रममा नगर प्रहरीमाथी उनीहरुले आक्रमण गरेको प्रहरी भनाइ छ।