काठमाण्डु – सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्। ६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्।
ज्ञापन पत्र बुझाउनेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियका अध्यक्ष सुदेश पराजुली,जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल,नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुवर रहेका छन्।
‘नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको तथ्य प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ ६ विदंयार्थी संघले ज्ञापन पत्रमा भनेका छन्, ‘ मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बहदा वढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानिलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन वेद व्यक्त गर्न चाहन्छ।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले फिर्ता नलिए कार्तिक २६ गते बिहान ९–११ बजे आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्तिक २८ गते प्रदर्शनी मार्गमा दिउसो २.०० बजे खालि सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन्।त्यस्तै कार्तिक ३० गते देशभर आयलनिगमको कार्यलयमा कालो ब्यानर राखि बिरोध गर्ने र मङ्सिर २ गते २ बजे माइतिघर मण्डलामा सड़क बहस गर्ने उनीहरुले जनाएका छन्।





प्रतिक्रिया