काठमाण्डु – अनेरास्ववियू (क्रान्तिकारी)ले शैक्षिक क्षेत्र सुधारको माग राख्दै १८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष रञ्जित तामाङसहितका विद्यार्थी नेताहरुले शैक्षिक क्षेत्रमाका समस्या समाधानको माग राख्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
तत्काल स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ती गर्ने प्रणाली खारेज गुर्नुपर्ने, कोरोना र लकडाउन भरको सम्पूर्ण शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै त्रिविका उपकुलपतिलाई ज्ञापनपत्र बुझाइएको हो ।





प्रतिक्रिया